दुई सचिवको सरुवा : गेलाल शहरी विकास मन्त्रालय पुगे, वैद्य मन्त्रिपरिषद कार्यालय


२३ माघ २०८०, मंगलवार
Gelal Vaidhya

काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलालको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

मंगलबार पत्र बुझेका गेलालले बुधबार मन्त्रालयको जिम्मेवारी समाल्ने तयारी गरेका छन् । शहरी विकास मन्त्रालय अन्तर्गतको बिल्डिङ एण्ड आर्किटेक समूहका गेलाललाई विभागीय मन्त्रालय बुझेको सचिवका रूपमा हेर्ने गरिन्छ ।

यसअघि सहसचिव हुँदा गेलालले शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रूपमा प्रभावकारी कार्यसम्पादन गरेका थिए । गेलालको यसअघि पनि शहरी विकास मन्त्रालयमा सरुवा गर्ने मन्त्रिपरिषद्मा सहमति भए पनि विभिन्न कारणले हुन सकेको थिएन । यससँगै सहरी विकास मन्त्रालयका सचिव सरजुकुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७