६१ किलो सुन प्रकरणमा जोडिएकी अमला रोकाविरूद्ध ‘डिफ्युजन नोटिस’ जारी


२४ माघ २०८०, बुधबार
Amala roka

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोकाविरूद्ध ‘डिफ्यूजन नोटिस’ जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रोकाविरूद्व डिफ्युजन नोटिस जारी गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखामा अनुरोध गरेको थियो ।

गएको साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन बरामद भएको थियो । यो प्रकरणमा रोकाको मुख्य अभियुक्त रहेको बताइएको छ । उनका श्रीमान बेल्जियन नागरिक दावा छिरिङ प्रहरीको हिरासतमा छन् । श्रीमान दावा पक्राउ परेसँगै अमला फरार रहँदै आएकी छन् ।

अमला माओवादी केन्द्र निकट रोल्पा–काठमाडौँ सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष पनि हुन् । रोकासहितलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा समेत दायर भइसकेको छ । अमला ठमेलस्थित भियना होटलकी सञ्चालक समेत हुन् । उनीसहित यो प्रकरणमा १८ जनालाई फरार प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७