निर्माण शुरु भएको ३८ वर्षपछि सुनथराली विमानस्थलमा परीक्षण उडान, भोलि प्रधानमन्त्रीबाट उदघाटन


१३ फाल्गुन २०८०, आईतवार
kalikot airport 2 scaled
कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडामा रहेको सुनथराली विमानस्थलमा आइतबार भएको परीक्षण उडान । प्राबिधिक टोलीसहित तारा एयरको विमानले नेपालगञ्जदेखि परीक्षण उडान गरेको हो । तस्वीर : मिमबहादुर रावल/रासस

कालीकोट । निर्माण शुरु भएको ३८ वर्षपछि कालीकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान भएको छ । आज (आइतबार) प्राविधिक टोलीसहित नेपालगञ्जबाट उडेको तारा एअरको जहाजले विमानस्थलमा परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको नहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले जानकारी दिए ।

kalikot airport 1 1

२०४२ सालमा निर्माण शुरु भएको सुनथराली विमानस्थलको काम २०७९ साल माघ ११ गते सकिएको थियो । यसअघि तीन पटकसम्म मिति तोके पनि विमानस्थलको उद्घाटन हुन सकेको थिएन । आज उडान सफल भएकाले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल उद्घाटन गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष विष्टले बताएका छन् ।

२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रुपैयाँ रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु भएकोमा ३८ वर्षपछि काम सकिएर उद्घाटन हुन लाग्दा स्थानीयवासी खुशी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७