आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’


१४ फाल्गुन २०८०, सोमबार
samsad 2

काठमाडौं । विवादित मन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेले विपक्षी दलहरूले उठाएको विषयमा आगामी १८ गतेको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि बैठक सुरु भएको हो ।

आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन) मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । यससँगै संसदको अवरोध हटेको हो । विपक्षी दलहरुले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको माग गरेका छन् ।

एमालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किरातीका साथै त टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका स्वास्थ्यमन्त्री मोहन बस्नेतमाथि समेत प्रश्न उठाएको छ । संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोलेका एमाले सांसद गोकुल बास्कोटाले विवादित मन्त्रीहरुले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७