सुस्ता गाउँपालिकालाई गण्डकीमा ल्याउने एमालेको संकल्प प्रस्ताव


१६ फाल्गुन २०८०, बुधबार
Susta gaunpalika

पोखरा । नेकपा एमालेले नवलपरासी पूर्वको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा फिर्ता ल्याउनुपर्ने मागसहिततको संकल्प प्रस्ताव दर्ता गरेको छ । गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै एमालेले लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेशमा सुस्ता गाउँपालिकालाई फिर्ता ल्याउनुपर्ने माग गरेको हो ।

संविधान निर्माण तथा राज्यको पुनर्संरचना गर्ने क्रममा नवलपरासी जिल्लालाई विभाजन गरी नवलपरासी (वर्दघाट सुस्ता पूर्व) गण्डकी प्रदेशमा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लुम्बिनी प्रदेशमा रहने गरी भूगोल निर्धारण गरिएको थियो । सोही क्रममा सुस्ता गाउँपालिका लुम्बिनीमा परेकाले अब गण्डकीमै फिर्ता ल्याउनुपर्ने भन्दै एमालेले बुधबार संकल्प प्रस्ताव दर्ता गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७