नेदरल्याण्डसको कीर्तिमानी ब्याटिङ, नामिबियालाई २४८ रनको लक्ष्य


१७ फाल्गुन २०८०, बिहीबार
Levitt 1.jpg

काठमाडौँ । नेदरल्याण्डसले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै नेदरल्याण्डसले २० ओभरमा ५ विकेट गुमाउदै २४७ रन बनाएको हो ।

नेदरल्याण्डसका लागि माइकल लेभिटले सर्बाधिक १३५ रन बनाएका थिए । लेभिटले ६२ बलमा १३५ रन बनाएका थिए । दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका लेभिटले शतक बनाएका हुन् । उनले पहिलो खेलमा नेपालविरुद्ध ५४ रनको अर्धशतकीय पारी खेलेका थिए ।

त्यसैगरी सिब्राण्ड एंगेलब्रेचटले ७५ रन बनाएका थिए भने तेजा निडामानुरुले १८ रन बनाएका थिए । त्यसैगरी नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले २ विकेट लिएका थिए भने बेन शिकोंगो र जान फ्राइलिंकले एक एक विकेट लिएका थिए । नेदरल्याण्डसले त्रिवि क्रिकेट मैदानमा टी–२० खेलमा बनाएको यो अहिलेसम्मकै धेरै रन हो । नेदरल्याण्डसले यसअघि २०२१ मा नेपालले आफूविरुद्ध बनाएको २३८ रनको कीर्तिमान तोडेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७