चीनको २१ सैन्य विमान र ६ नौसेना जहाजहरू ताइवानमा प्रवेश, ताइवान सतर्क


२० फाल्गुन २०८०, आईतवार
china taiwan

ताइपे । चीन र ताइवानबीचको तनाव थप बढेको छ । हालै मात्रै २१ चिनियाँ सैन्य विमान र ६ नौसेना जहाज ताइवान वरपर घुमेका छन्, जसले चीन र ताइवानबीच थप बिबाद बढाउने देखिएको छ ।

ताइवानी रक्षा मन्त्रालयका अनुसार ती विमानहरू शनिबार बिहान ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म देखिएका छन् । ताइवान एमडीका अनुसार २१ वटा पिपुल्स लिबरेसन आर्मीका विमानहरूमध्ये एउटा ताइवान स्ट्रेट मध्य रेखा पार गरी ताइवानको वायु रक्षा पहिचान क्षेत्रको दक्षिणपश्चिम कुनामा प्रवेश गर्‍यो । थप रूपमा ९ पिलए सैन्य विमानहरू दक्षिण पश्चिम क्षेत्रमा प्रवेश गरेका थिए ।

ताइवान दैनिकका अनुसार चीनको सो कारबाहीपछि ताइवानले पिएलएको गतिविधि निगरानी गर्न वायु रक्षा मिसाइलहरू तैनाथ गरेको छ । सामाजिक सञ्जालमा एक पोस्टमा १० विमानहरू ताइवान स्ट्रेटको केन्द्र रेखा पार गरेर ताइवानको हवाइ सुरक्षा क्षेत्रमा प्रवेश गरेका थिए । ‘ताइवान सशस्त्र बलहरूले स्थितिको अनुगमन गरेका छन् र प्रतिक्रिया दिन उपयुक्त बलहरू तैनाथ गरेका छन्,’ उसले भन्यो ।

मार्चमा मात्रै अहिलेसम्म ताइवानले चिनियाँ सैन्य विमान ३० पटक र नौसेना जहाज १४ पटक देखेको छ । सेप्टेम्बर २०२२ देखि चीनले ताइवान वरपर सञ्चालन हुने सैन्य विमान र नौसैनिक जहाजहरूको संख्या बढाएर ग्रे जोन रणनीतिको प्रयोगलाई तीव्र बनाएको ताइवान दैनिकले जनाएको छ ।

ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले मार्च १ मा बिहान ६ बजेदेखि आइतवार बिहान ६ बजेसम्म ताइवानको वरिपरि ९ चिनियाँ सैन्य विमान र ८ नौसैनिक जहाज फेला पारेको ताइवान न्युजले जनाएको छ । पिपुल्स लिबरेसन आर्मीको ९ विमानमध्ये चार ताइवान स्ट्रेट मिडलाइन पार गरी ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोनको दक्षिणपश्चिम कुनामा प्रवेश गरेको दावी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७