कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने


२१ फाल्गुन २०८०, सोमबार
congress
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकपछि प्रमुख सचेकत रमेश लेखकले कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने बताएका हुन् ।

सो बैठकमा सभापति देउवाले प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेका छन् । सो बैठकपछि प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले गठबन्धन तोडेकाले कांग्रेसका मन्त्रीले आफै राजीनामा नदिने बताएका हुन् । कांग्रेसका मन्त्रीले राजीनामा नदिनेबारे जानकारी दिँदै उनले भने, ‘गठबन्धन प्रधानमन्त्रीले तोड्ने, अनि हामीले किन राजीनामा दिने ? जे जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७