त्रिशूली बस दुर्घटना : नदीमा बेपत्ता तीन जनाको शव भेटियो


२४ फाल्गुन २०८०, बिहीबार
trishuli acciden

काठमाडौं । धादिङ गजुरीस्थित त्रिशूली नदीमा बुधबार विहान बस खस्दा हराइरहेका तीन यात्रुमध्ये थप एक जनाको शव भेटिएको छ । अन्दाजी ५० वर्षीय पुरुषको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारी नदीबाट बाहिर निकालेको छ ।

बिहीबार अपरान्ह ३ः४३ बजे सशस्त्र प्रहरी सुरक्षा वेश आदमघाटबाट डीएसपी तुला चौधरीको नेतृत्वमा खटिएको टोलीले शव फेला पारेको हो । योसँगै त्रिशूलीमा बेपत्ता तीनै जनाको शव भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । नदीमा बेपत्ता नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक रहेकामा दुई पुरुष र एक महिलाको शव फेला परे पनि उनीहरूको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ ।

यसअघि आजै सशस्त्र प्रहरीले दुर्घटनास्थलभन्दा १५० मिटर तल त्रिशूली नदीमा पुरुषको शव फेला पारेको थियो भने नदीभित्र महिलाको शव भेटिएको थियो । मंगलबार साँझ रुपन्देहीबाट काठमाडौँका लागि छुटेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान ४ः४० बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खस्दा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने ४० जना बढी घाइते भएका थिए । तीन यात्रु भने नदीमै हराइरहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७