अल रइदसँग अल नासर पराजित


२५ फाल्गुन २०८०, शुक्रबार
nassr

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ । गए राति सम्पन्न खेलमा अल रइदले अल नासरमाथि ३–१ गोलको शानदार जित हासिल गरेको हो ।

अल रइदको जितमा क्रिम एल बेर्काओउइ, मोहमद फोउजैर र अमिर सयोउदले एक–एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि एक गोल आइम्यान याहयाले फर्काएका थिए । यो अल नासरको लगातार दोस्रो हार हो । यस अघि एसियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा अल ऐनसँग १–० को हार व्यहोरेको थियो ।

यो हारपछि अल नासरको लिगमा २३ खेलमा ५३ अंक रहेको छ र शीर्ष स्थानमा रहेको अल हिलालभन्दा ९ अंकले पछाडि रहेको छ । यद्यपी अल हिलल एक खेल कम खेलेको छ । त्यसैगरी अल रइदको यो जितपछि २३ खेलमा २३ अंक भएको छ र लिगमा १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७