प्रधानमन्त्रीले गठबन्धन फेरेर बनाएको अहिलेको टिम ठिक छ : सुदन किराती


२५ फाल्गुन २०८०, शुक्रबार
Sudan Kirati

काठमाडौं । पूर्वमन्त्री सुदन किरातीले गठबन्धन परिवर्तन हुनु स्वाभाविक रहेको बताएका छन् । आज (शुक्रबार) देखि सुरु भएको चौथो किरात राई प्रागिक संघगोष्ठी २०८० को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समयको राजनीतिक परिस्थतिका कारण पनि गठबन्धन भत्काउनु परेको बताए । ‘प्रधानमन्त्री ज्यूलाई काम गर्नमा धेरै असहजता हुँदै गएको थियो,त्यसैले गठबन्धन परिवर्तन हुनु स्वाभाविक हो, प्रधानमन्त्रीको बनाएको टिम ठिक छ’, उनले भने ।

उनले सरकारमा रहँदा जनताको अपेक्षाअनुसार धेरै काम गरेको पनि दाबी गरे । ‘म विवादित भएको होइन, विवादित बनाइएको हो, ४१३ दिन सरकारमा बसे,अनुभव ठूलो छ,यो ४१३ दिन राज्यका लागि केही होइन,तर व्यक्तिगत जीवनको लागि ठूलो उपलब्धि हो,’उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७