‘राष्ट्रियसभालाई देशको अत्यावश्यक संस्था बनाउन प्रयत्न गर्छु’


२९ फाल्गुन २०८०, मंगलवार
Narayan Dahal

काठमाडौँ । राष्ट्रियसभाका नव निर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई ओजपूर्ण र देशको अत्यावश्यक संस्था बनाउन प्रयत्न गर्ने बताएका छन् ।

आज (मंगलबार) राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले राष्ट्रियसभालाई ओजपूर्ण, गरिमामय र देशको अत्यावश्यक संस्था बनाउन प्रयत्न गर्ने बताएका हुन् । उनले राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र पर्ने कानून निर्माण लगायत हरेक कामलाई गम्भीरताका साथ लिएर अघि बढ्ने बताए ।

उनले विभिन्न पार्टीसँग आबद्ध राष्ट्रियसभा सदस्यहरूलाई एकताबद्ध बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताए । उनले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर सभाको गरिमा बढाउने गरी काम गर्ने बताए । दाहालले भने, ‘जुन उद्देश्य, प्रतिबद्धता र चाहनाका साथ मलाई यो ठाउँमा पुर्‍याउनु भएको छ, म त्यो काम पूरा गर्न तयार रहनेछु । राष्ट्रियसभाले गर्नुपर्ने सबै दायित्व, भूमिकालाई पूरा गराउन म सबै दलसँग आबद्ध माननीय सदस्यहरूलाई एकताबद्ध बनाएर लैजाने कुरामा प्रतिबद्ध छु ।’ अध्यक्ष दाहालले राष्ट्रियसभा अध्यक्षको रूपमा आफू सफल हुने कुराको आत्मविश्वास रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७