कार्य व्यवस्था परामर्श समितिको बैठक जारी


३० फाल्गुन २०८०, बुधबार
paramarsha samiti

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बसिरहेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार विश्वासको मत लिँदै छन् । यसको कार्यसूचीबारे बैठकमा छलफल भइरहेको छ ।

कार्यव्यवस्था समितिको बैठकमा प्रतिनिधि सभाको आगामी १५ दिनको क्यालेन्डर तय गर्ने विषयमा पनि नेताहरुबीच छलफल चलिरहेको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डलाई उनको पार्टी माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, जसपा, नाउपा, एकीकृत समाजवादी लगायत दलले समर्थन गर्न ह्वीप जारी गरेका छन् । कांग्रेस, राप्रपा, लोसपा, जनमत, नेमकिपा र राष्ट्रिय जनमोर्चा भने विपक्षमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७