सुन प्रकरण : नुवाकोट प्रहरी प्रमुख थापा जिम्मेवारीबाट हटाइए


३ चैत्र २०८०, शनिबार
sp sanjay sing

काठमाडौं । साउन २ गते बरामद तस्करीको ६१ किलो सुन प्रकरणको अनुसन्धानमा नेतृत्व गरेका एसपी सञ्जय सिंहलाई जिम्मेवारीबाट हटाइएको छ ।

उक्त प्रकरण जाँचबुझका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगले बिहीबार बुझाएको प्रतिवेदनमा सिंहको अनुसन्धानमा कैफियत देखिएपछि जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी खोसिएको हो । एसपी सिंहलाई सुनको अनुसन्धान सकिएपछि नुवाकोट जिल्लाको प्रहरी प्रमुखका सरुवा गरिएको थियो । जाँचबुझ आयोगले अनुसन्धानमा खटिएको सीआइबीको भूमिकामा प्रश्न उठाएपछि सिंहलाई प्रहरी प्रधान कार्यालय नक्सालले फिर्ता बोलाएको स्रोतले जनाएको छ ।

त्यतिखेर ६१ किलो सुन प्रकरणमा सिंहले अनुसन्धानको नेतृत्व गरेका थिए । उनीसँगै सीआइबीको प्रहरी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई पनि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको छ । त्यस्तै अनुसन्धानमा खटिएका दुई डीएसपी दुर्गा दाहाल र रुगम कुँवर पनि कारबाहीमा परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७