अर्जेन्टिनाका फुटबलर डि मारियालाइ धम्की दिने तीन पक्राउ


१८ चैत्र २०८०, आईतवार
Capture.JPG 2166

काठमाडौं । अर्जेन्टिनाका फुटबलर एन्जेल डि मारिया र उनको परिवारलाई धम्की दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । डि मारिया र उनका परिवारलाइ धम्की दिएको आरोपमा अर्जेन्टिनामा तीन जनालाई पक्राउ गरिएको सुरक्षा मन्त्री प्याट्रिसिया बुलरिचले जानकारी दिएका छन् ।

पक्राउ पर्दा लागुऔषध ओसारपसारको अनुसन्धानमा रहेका एक जना संदिग्धले आफू र दुई जना सहयोगीले डि मारियाको परिवारलाई धम्की दिएको स्वीकार गरेका छन् । गत सोमबार उत्तरपूर्वी अर्जेन्टिनाको रोजारियोमा रहेको डि मारियाको परिवारको घरमा कार चलाउने क्रममा गोली हानेको थियो भने विश्वकप विजेतालाई आफ्नो गृहनगर टोलीमा फर्कन नदिन चेतावनी दिएको लिखित सन्देश पनि छाडिएको थियो ।

हाल पोर्चुगिज क्लब बेन्फिकासँग जुनसम्मको सम्झौतामा रहेको डि मारियाले रोसारियो सेन्ट्रलमा आफ्नो व्यावसायिक करियर समाप्त गर्न चाहेको बताएलगत्तै यो आक्रमण भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७