न्यारोबडी जहाज खरिदबारे १५ दिनभित्र जवाफ दिन निगमलाई निर्देशन


१९ चैत्र २०८०, सोमबार
antarastriya samiti

काठमाडौँ । न्यारोबडी जहाज खरिद प्रक्रियाका बारे १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज (सोमबार) को बैठकमा निगमलाई यस्तो निर्देशन दिएको हो ।

न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न समिति सभापति राज किशोर यादवले निर्देशन दिएका हुन् । समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने सभापति यादवले जानकारी दिए । उनले न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा पनि पेस गर्न आग्रह गरे ।

सभापति यादवले परिस्थितिजन्य कारणले भ्रष्टाचार भयो भन्ने समितिलाई विश्वास दिलाउन नसके समितिले थप कारबाहीको लागि बाध्य हुने चेतावनी दिए । उनले दुई हप्ताभित्र न्यारोबडी इन्जेक प्रक्रियामा कुनै बदमासी नभएको विश्वास दिन जरुरी रहेको बताए । यादवले दुबईको निर्णय कुन परिस्थिति र किन भयो ? कारणसहित पेस गर्न पनि निर्देशन दिए । उनले निगमले जहाज खरिदपछि बनाएको व्यावसायिक योजना पनि पेस गर्नु निर्देशन दिएका हुन् ।

सभापति यादवले भने, ‘समितिले उपसमिति बनाएर समितिलाई विश्वास तुल्याउने गरी न्यारोबडी जहाज सम्बन्धी सम्झौताको बेला के भएको थियो । तपाईले गरेको सम्झौता के हो । अहिले भएको के हो । त्यसमा भ्रष्टाचार छैन । परिस्थितिजन्य कारण भयो भन्ने समितिलाई विश्वास हुनुपर्‍यो । होइन भने थप कारबाहीको लागि बाध्य हुन्छौं । मलाई बोल्न मन थिएन तर बाध्य भएको छु । अबको दुई हप्ता अर्थात् १५ दिनभित्र न्यारोबडी इन्जेक प्रक्रियामा कुनै बदमासी छैन । परिस्थिति यस्तो हुन गयो । त्यो लजिक र भ्यालिट हुन गयो भने समिति त्यही अनुरूप जान्छ ।’

उनले भने, ‘दुवैको निर्णय कुन परिस्थिति र किन भयो। त्यसका पछि केके कारण छ । अर्को व्यवसायीक योजना बनाउनु भएको छ । त्यसका विषयमा जानकारहरू नै समितिमा राखेर छलफल गर्नुपर्छ । अबको १५ दिनभित्र समितिले माननीयहरू तोक्छौँ । त्यो जुन भष्टाचारजन्य कार्य भएको छैन भनी पुष्टि हुने प्रमाणसहित पेस गरिदिनु पर्‍यो । हवाई सुरक्षाका लागि अपनाउनु पर्ने २३ बुँदामा नेपाल वायुसेवा निगमले गर्नुपर्ने काम २२ वटा गरिसक्यौँ भन्नुभयो । फेरि नागरिक उड्न प्राधिकरणले २५ बुँदा निर्देशन दिएको छ । यो विषयमा नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम एक ठाउँमा हुन जरुरी छ ।’ यादवले युरोपियन युनियनको कालोसूचीबाट हट्नको लागि नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम एक ठाउँमा हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७