बागमतीमा नेकपा एसकी आलेमगरले लिइन् बिना विभागीय मन्त्रीको शपथ


२० चैत्र २०८०, मंगलवार
432863860 432559852496378 4468678542512793950 n SjKE8y7FM3

हेटौंडा । नेकपा एकीकृत समाजवादीकी सांसद रमा आलेमगरले बागमती प्रदेश सरकारमा मन्त्रीको शपथ लिएकी छन् । हिजो (सोमबार) साँझ मन्त्री नियुक्त भएकी आलेमगरले मंगलबार (आज) पद तथा गोपनियताको शपथ लिएकी हुन् ।

नव नियुक्त मन्त्री आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पद तथा गोपनियताको सपथ खुवाएका हुन् । सोमबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने बेला प्रदेश सभा बैठकमा ढिलोसम्म उपस्थित नभएकी सांसद आलेमगरले मन्त्रीमा बार्गेनिङ गरेर अलमल गरेको चर्चा थियो ।

उनी अनुपस्थित हुँदा मुख्यमन्त्रीलाई विश्वासको मत नपुग्ने भएपछि उनलाई सोमबार नै मन्त्री नियुक्त गर्ने समझदारीपछि मात्रै प्रदेश सभा बैठकमा उपस्थित भएकी थिइन् । काठमाडौँको चन्द्रागिरी नगरपालिका निवासी आलेमगर ४ मंसिर २०७९ को आम निर्वाचनमा काठमाण्डौँ निर्वाचन क्षेत्र १० (ख) बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् । हाल उनलाई बिना विभागीय मन्त्रीको सपथ गराइएको हो भने मन्त्रालय केही दिनभित्रै टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७