ब्याटिङ नचल्दा नेपाल ‘ए’ आयरल्याड वुल्भ्ससँग पराजित


२१ चैत्र २०८०, बुधबार
nepali cricket a

काठमाडौं । ब्याटिङ नचल्दा नेपाल ‘ए’ आयरल्याण्ड वुल्भ्ससँग २१ रनले पराजित भएको छ । तीन एक दिवसीय सिरिज अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्याण्ड वुल्भ्ससँग पराजित भएको हो ।

१५८ रनको लक्ष्यसहित मैदान उत्रेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा २५.३ ओभर खेल्दै सबै विकेट गुमाएर १३६ रन मात्रै बनायो । नेपालका अधिकांश खेलाडी क्याच आउट भए । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’ लाई खेल जित्नका लागि १५८ रनको लक्ष्य दिएको छ ।

खेलको दोस्रो इनिङमा नेपालका वसिर अहमद २१ बलमा २० रन बनाएर आउट भए भने शहव आलमले ३४ बलमा सर्वाधिक ३७ रन बनाउन सफल भए । एक बलको सामना गरेका मौसम ढकाल शून्यमै आउट भए । पछिल्लो विकेटका रूपमा कमलसिंह ऐरी ११ बलमा ६ रन बनाएर एलबीडब्लु भए भने विनोद भण्डारी ६ बलमा ९ रन बनाएर क्यान आउट भएका छन् । अर्जुन साउद ४ बलमा ४ रन बनाएर क्याच आउट भए । यसअघि आरिफ शेख ५ बल खेलेर शून्य रनमा क्याच आउट भएका हुन् ।

नेपालका ओपनर ब्याट्सम्यान देव खनाल र अर्जुन कुर्मीसहित भिम सार्की आउट भए । खनाल २२ बलमा २६ रन बनाएर आउट भएका थिए भने कुर्मीले १४ बलमा ९ रन मात्र बनाउन सफल भए । यसैगरी भिम सार्की शून्यमा आउट भएका थिए । आयरल्याण्ड वुल्भ्सका बलर म्याकार्थीले मात्र ४ विकेट लिएका छन् भन् अर्का बलर हम्फ्रेजले ४ विकेट लिए ।

पहिलो इनिङको ३९औँ ओभरमा नेपाल ए का कमलसिंह ऐरीको ह्याट्रिक विकेटले आयरल्यान्ड वुल्भ्स १५७ रनमै सीमित भएको हो । बुधवार कीर्तिपुर मैदानमा भएको खेलमा ३८.३ ओभरमै आयरल्यान्ड वुल्भ्सका सबै विकेट पतन भएको थियो ।
नेपालका बलर कमलसिंह ऐरीले ‘ह्याट्रिक’ सहित ४ विकेट लिए । उनले ३९ औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार तीन विकेट लिएका हुन । ६.३ ओभर बलिङ गरेका ऐरीले एउटा ओभर मेडन फाल्दै २१ रन दिएका थिए ।

यस्तै मौसम ढकाल र साहब आलमले दुई-दुई विकेट लिए भने रिजन ढकालले एक विकेट हात पारे । केड कार्माइकलले वुल्भ्सका तर्फबाट सर्वाधिक रन बनाएका छन् । उनले ७७ बलमा चार चौकासहित ५१ रन बनाएका हुन् । कप्तान रकले भने ३२ बलमा दुई चौका र तीन छक्कासहित ३९ रन बनाए । पेटर मुरले २१ रन बनाउँदा जेम्स म्याकोलम र स्टेफन डोहेनीले १२-१२ रन थपे । निर्धारित तालिका अनुसार दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतबार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७