नेपाल ‘ए’ को लज्जास्पद हार : एक खेल अगावै आयरल्याण्ड ‘ए’ लाई उपाधि


२३ चैत्र २०८०, शुक्रबार
pic3 JBvLBJEbNb

काठमाडौँ । आयरल्याण्ड ‘ए’ टोलीसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालको ‘ए’ टोलीले लज्जास्पद हार व्यहोरेको छ । नेपाल ‘ए’ १ सय १४ रनले पराजित भएको छ ।

आयरल्याण्ड ‘ए’ ले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६ ओभर ५ बलमा ६० रनमै अल आउट भयो । नेपालका भीम सार्कीले सबैभन्दा धेरै १७ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले १६ रन बनाए । अन्य ब्याटरले सम्झन लायक प्रदर्शन गरेनन् । बलिङतर्फ आयरल्याण्ड ‘ए’ का म्याथ्यु हमफ्रेसले ६ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ३८ ओभर ४ बलमा १७४ रन बनाउँदा अल आउट भयो । आयरल्याण्ड ’ए’ का गभिन होएले ५०, कप्तान निल रकले ४५, लायम म्याककार्थीले ३५ रन बनाए । बलिङतर्फ नेपाल ’ए’ का रिजन ढकाल र शाहब आलमले समान ३ विकेट लिए । यस्तै मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

योसँगै आयरल्याण्ड ‘ए’ ले तीन खेलको शृङ्खला एक खेलअघि नै जितेको छ । पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । शृङ्खलाको अन्तिम खेल पर्सि आइतवार हुनेछ । यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७