न्युयोर्कमा भूकम्प : रोकियो राष्ट्र संघीय सुरक्षा परिषद बैठक


२४ चैत्र २०८०, शनिबार
neyork

न्युयोर्क । पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ । अमेरिकाको न्यू जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन गरिएको छ । न्यूयोर्क शहर र पेन्सिलभेनियामा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पपछि सामाजिक सञ्जालमा सर्वसाधारणले भूकम्पबारे आ–आफ्ना प्रतिक्रिया दिएका छन् । तर, अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार शुक्रबार न्यूयोर्क सहरमा ४.८ म्याग्निच्युडको सानो भूकम्प गएको थियो र यसको केन्द्रविन्दु छिमेकी राज्य न्युजर्सी थियो । ब्रुकलिनमा भवनहरू हल्लिएको बताए । भूकम्पपछि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा गाजासम्बन्धी सुरक्षा परिषद्को बैठक अस्थायी रूपमा रोकिएको थियो । त्यसबेला बोल्दै आएका सेभ द चिल्ड्रेनका प्रतिनिधि जान्टी सोरिप्टोले सोध्नुभयो, ‘के यो भूकम्प हो ?’ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फिलाडेल्फियादेखि न्यूयोर्कसम्म र पूर्व लङ आइल्याण्डसम्म भूकम्पको धक्का महसुस गरेको रिपोर्ट गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७