लालमटिया जङ्गलमा महिला र पुरुषको शव भेटियो


२५ चैत्र २०८०, आईतवार
latest News nayapage1 scaled

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ लालमटिया सामुदायिक वनमा महिला र पुरुषको शव भेटिएको छ ।कप्टैया भन्ने स्थानको जङ्गलमा शनिवार साँझ महिला र पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझीले जानकारी दिए ।

मृतक पुरुष कप्टैयाकै स्थानीय ५० वर्षीय विष्णुप्रसाद घिमिरे र मृतक महिला कञ्चन गाउँपालिका– ५ निवासी ४५ वर्षीया यमकला राना रहेको रायमाझीले बताए । उनीहरूको शव नजिकै सल्फास नामक विषादीको पोका समेत फेला परेको थियो ।
उनीहरूले उक्त विषादी सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ । शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७