कोशी सरकारबाट बाहिरियो माओवादी केन्द्र, समर्थन पनि फिर्ता लिने


२६ चैत्र २०८०, सोमबार
maoist 768x345 1

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कोशी सरकारबाट बाहिरिने भएको छ । आज बसेको कोशी प्रदेश संसदीय दलको बैठकले काँग्रेसका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । माओवादी केन्द्रका मन्त्रीहरूले आजै राजीनामा दिने निर्णय भएको छ । बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी मन्त्री थिए । विश्वासको मत फिर्ता लिएको जानकारी आजै प्रदेश प्रमुखलाई गराउने संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । माओवादी संसदीय दलको बैठकले संसदको विशेष अधिवेशन पनि माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७