कोशीमा माओवादीका तीन मन्त्रीले दिए राजीनामा


२६ चैत्र २०८०, सोमबार
rajinama

मोरङ । कोशी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूले राजीनामा दिएका छन् । आज (सोमबार) बसेको माओवादी संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेसँगै मन्त्रीहरूले राजीनामा दिएका हुन् । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट तीन मन्त्री सहभागी थिए ।

पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती; खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर र सामाजिक विकासमन्त्री राजेन्द्रकुमार कार्की सरकारमा सहभागी थिए । नयाँ सत्ता गठबन्धन बनेसँगै नेकपा (एमाले) र माओवादीले नयाँ सरकार गठनका लागि छलफल गरिरहेका थिए । उनीहरूले प्रदेश प्रमुखलाई बहुमत देखाएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आह्वान गर्ने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७