संखुवासभामा छोराले ढुङ्गाले टाउकोमा हान्दा बाबुको गयो ज्यान


२७ चैत्र २०८०, मंगलवार
death
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु भएको छ । संखुवासभाको पाँचखपन नगरपालिका– २ गैरीगाँऊ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको हो ।

सोमबार साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० वर्षीय युवराज राई र निजकै छोरा २८ वर्षीय सुमन राईबीच सामान्य घरायसी विषयमा वादविवाद हुँदा सुमन राईले शरिरको विभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भीर घाइते भएका थिए ।

घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७