कोशीका मुख्यमन्त्रीको अड्डी : राजीनामा नदिने, विश्वासको मत पनि नलिने


२७ चैत्र २०८०, मंगलवार
kedar karki 1

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिने भएका छन् । उनले राजीनमा मात्रै होइन, संसदबाट विश्वासको मत समेत नलिने भएका छन् ।

प्रदेश सभामा अविश्वासको प्रस्ताव नआएसम्म विश्वासको मत नलिने मुख्यमन्त्री कार्कीले अड्डी लिएका छन् । कोशी सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र बाहिरिएका छन् । मुख्यमन्त्री कार्कीले राजीनामा नदिँदै नयाँ सरकार गठनको खेल सुरु भएपछि कार्कीले यस्तो रणनीति अपनाएका हुन् ।

कांग्रेस नेतृत्वको कोशी सरकारलाई एमालेका ३९ जना प्रदेश सभा सदस्यले दिएको समर्थन हिजो फिर्ता लिएका छन् । यस्तै माओवादी र एमालेका प्रदेश सभा सदस्यले दिएको विश्वासको मत पनि फिर्ता लिएका छन् । नेकपा माओवादी–एमालेका सांसदले प्रदेश प्रमुखमार्फत विशेष अधिवेशनको माग गरेका छन् । एमाले–माओवादी सांसदको माग छल्ने मुख्यमन्त्री कार्कीले डेढ महिनापछिका लागि अर्थात २०८१ जेठ ११ गतेका लागि संसद अधिवेशन बोलाउन सिफारिस गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७