राप्रपाको जुलुसले तोड्यो निषेधित क्षेत्र, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा

राप्रपाको प्रदर्शनमा चार हजारभन्दा बढी प्रहरी परिचालन


२७ चैत्र २०८०, मंगलवार
prprapa

काठमाडौं । प्रहरी र प्रदर्शनकारीबीच काडमाडौंको भद्रकालीमा झडप भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका मंगलबार दिउँसो झडप भएको हो । प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अहिलेसम्म दुई सेल अश्रुग्यास र पानीको फोहोरा हानेको छ । काठमाडौंको विभिन्न ठाउँबाट र्‍यालीसहित केन्द्रिकृत जुलुस अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा माइतीघरतर्फ अघि बढेको हो । सिंहदरबारको मूल गेट अगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रहरीले अश्रुग्यास साथै पानीको फोहोरा प्रहार गरेको छ । गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाब सिर्जनाका लागि जनप्रदर्शन गरेको हो ।

raprapaa

राप्रपाको प्रदर्शनमा चार हजारभन्दा बढी प्रहरी परिचालन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा सुरु गर्न लागेको प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार बढी प्रहरी परिचालन गरेको छ ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनले भने, ‘शान्ति सुरक्षा कायम राख्नका लागि सुरक्षा समितिको संयुक्त बैठकले चार हजारभन्दा बढीको सङ्ख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरेको छ, हामीलाई आशा छ प्रदर्शनकारीहरुले निषेधाज्ञा तोड्ने छैनन र अप्रिय घटना हुने छैन ।’

प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । अहिले काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छभने सहरका विभिन्न ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७