एमाले–माओवादी माग अनुसार प्रदेश प्रमुखले डाके कोशी प्रदेशसभाको विशेष अधिवेशन


२८ चैत्र २०८०, बुधबार
kosh 1

मोरङ । कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सभाका एक चौथाइ भन्दा बढी सदस्यको मागअनुसार आउँदो वैशाख ६ गतेका लागि आह्वान गरेका हुन् ।

संघीय सरकारमा सत्ता गठबन्धन हेरफेर भएसँगै त्यसको प्रभावमा परेको कोशीमा पनि सरकार परिवर्तनको चलखेल भइरहेको छ । एमाले–माओवादीका ५२ सांसदले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराइसकेका छन् ।

उता मुख्यमन्त्री कार्कीले भने आफूले व्यक्तिले दिएको विश्वासको मत दलले फिर्ता गरेर नहुने र आफूले विश्वासको मत नलिने तथा राजीनामा पनि नदिने बताउँदै आइरहेका छन् । सरकारले यसअघि नै जेठ ११ गते नियमित अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष पत्राचार गरेको थियो ।

गत असोज २७ गते मुख्यमन्त्री बनेका केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन एमाले र माओवादीले यसअघि नै फिर्ता लिइसकेका छन् । त्यसपछि एमाले र माओवादीका ५२ सांसदहरूले सरकार र सम्बन्धित पदाधिकारीलाई विषेश निर्देशन दिनुपर्ने आवश्यकता रहेको भन्दै प्रदेशसभाको विषेश अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई निवेदन दिएका थिए ।

kosh

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७