पिएसजीमाथि बार्सिलोनाको शानदार जित


२९ चैत्र २०८०, बिहीबार
Barca 1.jpg

काठमाडौं । बार्सिलोनाले पिएसजीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिगको क्वार्टर फाइनलको पहिलो लिगमा बार्सिलोनाले पिएसजीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने आन्द्रेज क्रिस्टियनसेनले एक गोल गरेका थिए । त्यसैगरी पिएसजीका लागि ओसुमान डेम्बेले र भिटिन्हाले एक–एक गोल गरेका थिए । यो जितपछि बार्सिलोनाले पहिलो लिगमा ३–२ को अग्रता लिएको छ । अब क्वार्टर फाइनलको दोस्रो लिग अप्रिल १७ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७