विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नु हुँदैन : योगेश भट्टराई


२९ चैत्र २०८०, बिहीबार
yogesh

ताप्लेजुङ । सत्तारुढ नेकपा (एमाले) का सचिव योगेश भट्टराईले विकासको कामलाई कुनै बहानामा अवरोध गर्नु नहुने बताएका छन् ।

एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै सचिव भट्टराईले सभ्यता र संस्कृतिलाई जोगाउँदै विकासका काम अघि बढाउनु पर्ने बताएका हुन् । नेकपा एमाले हिजोदेखि नै सभ्यता र संस्कृतिको संरक्षणको पक्षमा रहेकाले सम्पदाको संरक्षण गर्दै विकासको काम अघि बढाउनु पर्नेमा उनले जोड दिए । ‘विकास निर्माणको काममा कसैले पनि अवरोध गर्नु हुँदैन’, उनले भने ।

कुनै पनि योजनामा समस्या छ भने बसेर छलफल गरी समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । कुनै पनि हालतमा काम गर्न दिँदैनौँ भनेर विकास विरोधी कुरा कसैले गर्नु नहुने उनले स्पष्ट पारे । कार्यक्रममा बोल्दै सचिव भट्टराईले ताप्लेजुङ जिल्ला विकास निर्माणको हिसाबले निक्कै पछि परेकोले सो क्षेत्रमा धेरै काम गर्नुपर्ने बताए ।

जिल्लामा निर्माणाधीन धेरै सडकको काम बजेट अभावको कारण रोकिएका उनले सुनाए । अहिलेको सरकारमा एमाले सहभागी भएकोले छिट्टै बजेट विनियोजन गरी विकासको काम अघि बढाउनु पर्ने भट्टराईले बताए । जनप्रतिनिधिको हिसाबले आफू ती काममा निरन्तर लागिरहेन उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७