अल हिलालले जित्यो चौंथो पटक साउदी सुपर कपको उपाधि


३० चैत्र २०८०, शुक्रबार
alhilal

काठमाडौँ । अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ । गए राति सम्पन्न फाइनल खेलमा अल हिलालले अल इत्तिहादलाई ४–१ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

अल हिलालको जितमा माल्कमले २ गोल गरेका थिए भने सलेम अल्दावसारी र नासेर अल्दावसारीले एक–एक गोल गरेका थिए । त्यसैगरी अल इत्तिहादका लागि एक गोल अब्देराजक हाम्दल्लाहले गरेका थिए ।

योसँगै अल हिलालले चौंथो पटक सुपर कपको उपाधि जितेको छ । २०१३ देखि शुरु गरिएको साउदी सुपर कप अहिलेसम्म धेरै जित्ने पनि अल हिलाल नै हो । त्यसपछि अल नासरले २ पटक र अल इत्तिहाद, अल फातेह, अल शबाब र अल अहिलले एक एक पटक यो उपाधि जितेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७