सुन प्रकरणमा कार्वाही सिफारिस डीएसपीको नयाँ वर्ष शुभकामना : बदनाम गर्नेहरुको सर्वनाश होस्


३० चैत्र २०८०, शुक्रबार
rugam

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगको कारबाही सिफारिसमा परेका नेपाल प्रहरीका डीएसपी रुगम कुँवले सुन तस्करी प्रकरणमा आफूलाई बदनाम गराइएको जिकिर गरेका छन् । नयाँ वर्ष २०८१ को शुभकामना दिँदै कुँवरले झुट्टा प्रमाण राखी निर्दोषहरूको जीन्दगीसँग खेल्ने, अर्काको बदनाम र बेइज्जत गर्न रमाउनेहरूको २०८१ सालमा सर्वनाश होस् भनेका हुन् ।

उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा हुँदा अनुसन्धानमा लापरबाही गरेको गम्भीर आरोप छ । ‘झुट्टा प्रमाण राखी निर्दोषहरूको जीन्दगीसँग खेल्ने, अर्काको बदनाम र बेइज्जत गर्न रमाउनेहरूको २०८१ सालमा सर्वनाश होस्,’ उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ वर्षको पावन अवसरमा आफन्त तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’

जाँचबुझ आयोगको प्रतिवेदनले सीआईबीका प्रमुख किरण बज्राचार्यसहित एक एसपी र दुई जना डीएसपीलाई कारबाही गर्न सिफारिस गरेको थियो । यही प्रकरणले उनीहरूलाई सीआईबीबाट हटाइएको छ । उनीहरूमाथि कारबाहीबारे निर्णय गर्न गृह मन्त्रालयले समिति पनि बनिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७