कांग्रेससहित प्रतिपक्षीको अवरोधपछि सात कार्यसूची हटाएर सदन सुचारु


२ बैशाख २०८१, आईतवार
samasd

काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेससहित विपक्षी सांसदले आज (आइतबार) पनि संसद बैठकमा अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले आइतबार प्रतिनिधि सभाको बैठकको कारबाही प्रारम्भ गरेसँगै कांग्रेस, राप्रपा र लोसपाका सांसदले उठेर संसद बैठक अवरोध गरेका हुन् ।

सभामुख घिमिरेले आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेका निर्णय र सहमति पालना गर्न आग्रह गरेका थिए। तर, सांसदहरुले कार्यसूचीमा प्रवेश गर्न नदिएका हुन् ।

घिमिरेले भने, ‘अहिले भर्खर मात्र भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णय र त्यहाँ भएका सहमतिको बारेमा ध्यानाकर्षण गर्न चाहन्छु । कार्यव्यवस्था परामर्श समितिको बैठकमा हुँदा एउटा कुरा गर्ने, सदनमा आएर अर्को कुरा गर्ने हामी कस्तो खालको परिपाटीको विकास गर्छौ ? जे समझदारी भएको छ त्यही अनुसार अगाडि बढौं । त्यसका लागि आसन ग्रहण गर्न आग्रह गर्दछु ।’ सांसदले विरोध कायमै राखेपछि सभामुखले घिमिरेले १ देखि ७ नम्बरसम्मका कार्यसूची हटाएर बैठक सञ्चालन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७