राप्रपाको जनप्रदर्शनमा घाइते डाँगीको उपचारका क्रममा निधन


३ बैशाख २०८१, सोमबार
thakur dangi

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा गरेको जनप्रदर्शनमा सहभागी भएका नेता ठाकुर प्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ । डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । डाँगी बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष हुन् ।

राप्रपाको जनप्रदर्शनका क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उच्च रक्तचापबाट समेत पीडित उनलाई अश्रुग्यास प्रहारबाट टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो । उनको शवलाई श्रद्धाञ्जलीका लागि आज १२ राप्रपा कार्यालयमा राखिने भएको छ । राप्रपाले गत मंगलबार राजधानीमा शक्ति प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७