बार्सिलोनालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा


५ बैशाख २०८१, बुधबार
psg

काठमाडौँ । पीएसजी यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । गए राति सम्पन्न क्वार्टर फाइनलको दोस्रो लिगमा बार्सिलोनालाई ४–१ गोल अन्तरले पराजित गर्दै पीएसजीले समग्रमा ६–४ को जितसहित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । क्वार्टर फाइनलको पहिलो लिगमा बार्सिलोनाले ३–२ को जित निकालेको थियो ।

बार्सिलोनाको घरेलु मैदानमा पीएसजीको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने ओसमान डेम्बेले र भिटिन्हाले एक–एक गोल गरेका थिए । त्यसैगरी बार्सिलोनाका लागि एक गोल राफिन्हाले गरेका थिए । यस खेलमा खेलको २९औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

अब सेमिफाइनलमा पिएसजीले जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्नेछ । डोर्टमण्ड स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई गए राति नै ४–२ गोल अन्तरले पराजित गर्दै समग्रमा ५–४ को नतिजासहित सेमिफाइनलमा पुगेको छ । पहिलो लिगमा एटलेटिको २–१ ले विजयी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७