सल्यानमा बस दुर्घटना : १४ जना घाइते, चारको अवस्था गम्भीर


५ बैशाख २०८१, बुधबार
accident salyan

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज (बुधबार) बिहान पौने ११ बजे बागचौर नगरपालिका–२ सिङबाङस्थित राप्ति राजमार्ग अन्तर्गत दाङ–रूकुम सडकखण्डमा चल्ने बस दुर्घटनामा परेको हो ।

रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नवीन कार्कीले जानकारी दिए । उनका अनुसार घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । १० जना भने सामान्य छन् ।
उनीहरूको उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ । घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ । घाइतेको सम्पूर्ण विवरण खुल्न बाँकी नै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७