मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ


६ बैशाख २०८१, बिहीबार
sapath

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद विस्तार गरेका छन् । चाैंथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्को विस्तार गेका हुन् ।

नव नियुक्त मन्त्रीहरुमा भरत प्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेली विनाविभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् भने शारदा थापाले गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

साह र भट्टराई नेकपा माओवादी केन्द्रका हुनुहुन्छ भने लुङ्गेली एकीकृत समाजवादी र थापा नेकपा एमाले प्रदेश सभा सदस्य छन् । नव नियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७