आईपीएल : हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित


१४ बैशाख २०८१, शुक्रबार
haidarbad2024 04 26 06 04 21

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदरावादले दोस्रो हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा तेस्रो स्थानमा रहेको हैदरावाद पुच्छारमा रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको फाफ डुप्लेसिसको कप्तानीमा रहेको आरसीबी २० ओभरमा सात विकेट गुमाएर २०६ रन बनाएको थियो । जवाफमा सनराइजर्स हैदरावादले २० ओभरमा आठ विकेट गुमाएर १७१ रन बनाउन सक्यो ।

२०७ रनको लक्ष्य पछ्याएको हैदरावादले खराव सुरुआत गरेको थियो । ब्याटिङ ओपन गर्न आएका ट्राभिस हेड एक रन मात्र बनाएर फर्किए । उनलाई पहिलो ओभरको अन्तिम बलमा विल ज्याकले आउट गरेका थिए । त्यसपछि अभिषेक शर्मा ३१ रन बनाएर आउट भए । यस खेलमा शाहबाज अहमदले ४० र प्याट कमिन्सले ३१ रन बनाए ।

haidarbad jpg 1

यी तीन खेलाडीबाहेक बेंग्लुरुका कुनै पनि खेलाडी क्रिजमा लामो समय विकेटमा टिक्न सकेनन् । आरसीबीविरुद्ध मार्करामले सात, नितिश १३, क्लासेनले सात, अब्दुल समदले १०, भुवनेश्वर कुमारले १३ र उनादकटले आठ रन बनाए । आरसीबीका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामरुन ग्रीनले दुई–दुई विकेट हात पारे । विल ज्याक र यश दयालले समान १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गर्न आएको आरसीबीले बलियो सुरुवात गरेको थियो । विराट कोहली र फाफ डुप्लेसिसबीच पहिलो विकेटका लागि ४८ रनको साझेदारी भएको थियो ।

कप्तान १२ बलमा २५ रन बनाएर आउट भए । कोहलीले यो सिजनको चौथो अर्धशतक बनाएका छन् । यसबाहेक रजत पाटीदार पनि चौथो नम्बरमा ब्याटिङ गर्न बलियो फर्ममा देखिएका छन् । उनले १९ बलमा अर्धशतक बनाए । यो सिजन उनको तेस्रो अर्धशतक हो ।

haidarbad jpg 2

उनले २० बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ५० रन बनाएर आउट भएका थिए । विल ज्याकले ६ रन, क्यामरुन ग्रीन ३७, महिपाल लोमरले ७ रन, दिनेश कार्तिक ११ र स्वप्निल सिंहले १२ रन बनाए । हैदराबादका लागि जयदेव उनाडकटले तीन विकेट लिए । यसबाहेक टी नटराजनले दुई विकेट लिए । प्याट कमिन्स र मयंक मार्कण्डेले एक–एक सफलता हात पारे । आइपीएलमा आज कोलकाता नाइटराइडर्स र पञ्जाव किंग्स आमने सामने हुने छन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७