एक महिनाका लागि सवारी लाइसेन्स वितरण बन्द, कहाँ–कहाँ गरियो बन्द ?


२७ जेष्ठ २०७५, आईतवार
trayal

काठमाडौं, २७ जेठ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिंदै आएको अनलाइन आवेदन फारम एक महिनाका लागि बन्द गरेको छ ।trayal

विभागले एक सूचना प्रकाशन गरेर अनलाइन आवेदन फारम असार मसान्तसम्मका लागि बन्द गराएको जानकारी गराएको छ । विभागले आर्थिक वर्षको अन्त्यमा रि–ट्रायल सम्बन्धित काम सम्पन्न गर्नुपर्ने र राजश्वको हिसाब मिलान गर्नुपर्ने भन्दै अनलाइन आवेदन बन्द गराएको जानकारी गराएको छ ।

असार महिनामा अनलाइन आवेदन लिने, लिखत तथा प्रयोगात्मक परीक्षा गर्न नसकिने भएको भन्दै असार महिनाभरी अनलाइन आवेदन नलिने भएको छ । असार महिनामा अनलाइन आवेदन दिएका फम समेत सबै रद्द गर्ने विभागको निर्णय छ । यसैगरी रि–ट्रायल लिने परीक्षार्थीले पनि असार १५ गते भित्र लिइसक्ने व्यवस्था गर्न विभागले कोशी, एकान्तकुना, नारायणी, लुम्बिनी, गण्डकी, चावहिल, जगाती, ठूलो भर्‍याङको यातायात कार्यालयलाई पत्र पठाएको छ ।

swari

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७