नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच आज अन्तिम खेल


२२ बैशाख २०८१, शनिबार
westindies

काठमाडौं । पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत अन्तिम खेल आज नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । पाँच खेलको टी–२० श्रङ्खला वेष्ट इण्डिज ‘ए’ ले अन्तिम खेल अगावै ३–१ ले जितिसकेको छ ।

श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेल लगातार गुमायो । गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रन र चौंथो खेलमा वेष्ट इण्डिज ‘ए’ सँग २८ रनले पराजित भयो ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो । विश्वकप खेल्ने नेपाली टोलीलाई शुक्रबार नै विदाइ गरिसकिएको छ । सिरिज सकेर नेपाली टोली विश्वकपका लागि त्यसतर्फ प्रस्थान गर्नेछन् ।

विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ समूहमा छ । नेपालले खेल्ने समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिजले भने समूह ‘सी’ बाट विश्वकप खेल्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७