इजरायलको जेलमा प्यालेस्टिनी डाक्टरको मृत्यु, हत्या गरिएको दावी


२२ बैशाख २०८१, शनिबार
dr adanan

काठमाडौं । करिब चार महिनादेखि इजरायलको जेलमा रहेका प्यालेस्टिनी डाक्टरको मृत्यु भएको प्यालेस्टिनी बन्दी संघले जनाएको छ । बीबीसीका अनुसार गाजास्थित अल शिफा अस्पतालको शल्यक्रिया विभागका प्रमुख डा. अदनान अल–बुर्सको जेलमै मृत्यु भएको हो । उनी ५० वर्षका थिए ।

इजरायली जेल सेवाले अप्रिल १९ मा विज्ञप्ति जारी गरी राष्ट्रिय सुरक्षा कारण जेलमै एक कैदीको मृत्यु भएको पुष्टि गरेको थियो । मृत्यु भएका व्यक्ति डा. अल–बुर्स थिए । इजरायली जेल सेवाले यस विषयमा थप जानकारी दिएको छैन र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । प्यालेस्टिनियन प्रिजनर्स एसोसिएसनले विज्ञप्ति जारी गरी डा. अल–बुर्सको स्वाभाविक मृत्यु नभई ‘हत्या’ भएको र उनको शव अझै इजरायलको हिरासतमा रहेको बताएको छ ।

अल शिफा अस्पताल त्यही अस्पताल हो, जहाँ पछिल्ला केही महिनामा इजरायली सेनाले धेरैपटक छापा मारेको थियो । इजरायली सेनाले डा. अल–बुर्सलाई उत्तरी गाजाको अल अवदा अस्पतालमा अस्थायी रूपमा काम गरिरहेका बेला पक्राउ गरेको थियो । गाजामा हमासविरुद्ध इजरायलले गरिरहेको आक्रमणका कारण अहिलेसम्म ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७