वेष्ट इष्डिज ‘ए’ विरुद्ध टस हारेर पहिला बलिङ गर्दै नेपाल, टोलीमा दुई परिवर्तन


२२ बैशाख २०८१, शनिबार
nepaljpg

काठमाडौँ । नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको पाँचौं तथा अन्तिम खेल आज हुँदैछ । त्रिवि मैदानमा हुने यस खेलमा वेष्ट इण्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

जारी सिरिज वेष्ट इण्डिज ‘ए’ ले एक खेलअघि नै जितेको छ । वेष्ट इण्डिज ‘ए’ ले सिरिज ३–१ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन खेल लगातार वेष्ट इण्डिज ‘ए’ ले जितेको थियो । यस खेलमा नेपालले दुई परिवर्तन गरेको छ ।

आजको खेलमा गुलशन झा र ललित राजबंशीको ठाउँमा सागर ढकाल र अनिल शाहलाई टिममा समावेश गरिएको छ । नेपालको प्लेइङ ११– रोहित पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र सागर ढकाल रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७