मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको दोस्रो वैठक पनि स्थगित


२२ बैशाख २०८१, शनिबार
Dirga sodari1652096744

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आज (शनिबार) आह्वान भएको बैठक पनि स्थगित भएको छ । एमालेले विश्वासको मत नदिने भनेपछि शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित गरी शनिबारका लागि सारिएको थियो ।

आज (शनिबार) पनि एमालेले विश्वासको मत दिने निर्णय नगरेपछि बैठक स्थगित भएको हो । प्रदेश सभा सचिवालयका अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।

आफूहरुसँग सल्लाह नै नगरी बैठक आह्वान गरिएकोले विश्वासको मत दिने अवस्था नभएको एमालेले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले अब थप छलफल गरेर अर्को दिनका लागि मिति निर्धारण गरिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७