वेष्ट इण्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य


२२ बैशाख २०८१, शनिबार
game

काठमाडौँ । पाहुना टोली वेष्ट इण्डिज ‘ए’ ले पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाललाई १७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो ।

वेष्ट इण्डिज ‘ए’ का लागि कप्तान रोस्टन चेजले ३३ रन तथा जोनसन चार्ल्सले २४ रन बनाए । म्याथ्यु फोर्डले २३ रन तथा एलिस अथानेजले ४२ रन जोडे । नेपालका लागि सागर ढकालले ३ तथा सोमपाल कामीले ३ र अविनाश बोहराले १ विकेट हात पारे । पाँच खेलको सिरिज भने वेष्ट इण्डिज ‘ए’ ३–१ ले आफ्नो पक्षमा पारिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७