वेष्ट इण्डिजविरुद्ध आशिफ शेख र अनिल शाहको अर्धशतक


२२ बैशाख २०८१, शनिबार
Anil

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौं तथा अन्तिम खेलमा नेपालका आशिफ शेख र अनिल शाहले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ ले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर शेख र दोस्रोक्रमका ब्याट्सम्यान शाहले अर्धशतक पूरा गरेका हुन् ।

आशिफले ३५ बलमा ५ छक्का र २ चौकाको मद्दतमा ५१ रन बनाएका हुन् । त्यसैगरी अनिल शाहले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५८ रन बनाएका हुन् । अहिले क्रिजमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी छन् । नेपालले तीन विकेटको क्षतिमा १४८ रन बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७