वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालको सान्त्वना जित


२२ बैशाख २०८१, शनिबार
game

काठमाडौँ । नेपालले वेष्ट इण्डिज ‘ए’ विरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले वेष्ट इण्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको हो । वेष्ट इण्डिज ‘ए’ ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरको थियो ।

नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ रन बनाउँदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए । त्यस्तै वेष्ट इण्डिजका बलर ओबेड म्याककोयले ३ र म्याथुज फोर्डले एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेष्ट इण्डिज ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

वेष्ट इण्डिज ‘ए’ का लागि एलिक एथानाजले सर्बाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए । त्यसैगरी जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए । त्यसै गरी नेपाली बलर सागर ढकाल र सोमपाल कामीले ३–३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए । योसँगै वेष्ट इण्डिज ‘ए’ ले ३–२ ले टी–२० सिरिज जितेको छ । योसँगै नेपाली क्रिकेट टिम विश्वकपका लागि आइतबार अमेरिकातर्फ प्रस्थान गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७