अविश्वासको जगमा बनेको प्रचण्ड सरकारको आयु लामो छैन : कांग्रेस


२२ बैशाख २०८१, शनिबार
prakash shran
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक रहेको बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा महतले कांग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएको भए पनि यो नेपालको लोकतान्त्रिक आन्दोलन र विकासका लागि घातक रहेको बताए । उनले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृद्धिलाई निष्तेज बनाउनुपर्ने बताएका छन् ।

अविश्वासको जगमा बनेको वर्तमान सरकार अविश्वासकै कारणले चाँडै टुङ्गिने उनले बताए । उनले चाँडै विकास र स्थिरताप्रति सर्मथित सरकार आउने दाबी गर्दै समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने बताए । उनले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७