‘गोल्डेन बुट’ हात पार्ने दोस्रो इङ्लिस खेलाडी बन्दै ह्यारी केन


३१ असार २०७५, आईतवार
kane

काठमाडौं, ३१ असार । आज राति सम्पन्न हुने रुस विश्वकपमा इङ्लिस कप्तान ह्यारी केन ‘गोल्डेन बुट’ को पहिलो दावेदार बनेका छन् ।
फ्रान्स र क्रोएसियाविरूद्ध आज हुने फाइनलमा केनले विश्वकपमा गरेको ६ गोलको बराबरीमा पुग्न फ्रेन्च खेलाडीद्वय आन्टन ग्रिजमन र केलियन एमबापेले ३–३ गोल गर्नुपर्ने छ ।kane

यी दुवै आक्रामक मिडफिल्डरले ३–३ गोल गरेका छन् । तर, ग्रिजमन र एम्बापेले हयारी केनलाई भेटाउन कठिनप्रायः रहेको विश्लेषकहरु बताउँछन् । केनले यसपालि ‘गोल्डेन बुट’ जिते आफ्ना अग्रज ग्यारी लिनेकरको समकक्षमा पुग्ने छन् । लिनेकरले सन् १९८६ को विश्वकपमा ६ गोल नै गरेर ‘गोल्डेन बुट’ जितेका थिए । उनी ‘गोल्डेन बुट’ जित्ने दोस्रो इङ्लिस खेलाडी बन्दै छन् ।

केनको कप्तानीमा रहेको इङ्ल्याण्ड सेमिफाइनलमा क्रोएसियासँग २–१ ले पराजित भएको थियो । शनिवार बेल्जियमविरूद्ध तेस्रो स्थानका लागि भएको खेलमा पनि इङ्ल्याण्ड २–० ले पराजित भयो । केनलाई पछ्याइरहेका बेल्जियम स्ट्राइकर रोमेलु लुकाकुले ४ गोल गरेका थिए । उनी तेस्रो स्थानका लागि भएको खेलमा गोल गर्न चुकेपछि केन एक्लो दाबेदार बनेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७