कायममुकायम प्रधानन्यायाधिश जोशीविरुद्ध संसदमा पाँच उजुरी


७ श्रावण २०७५, सोमबार
deepak raj joshi

काठमाडौं, ७ साउन । कायममुकायम प्रधानन्यायाधिश दीपकराज जोशीविरुद्ध संसदमा पाँच उजुरी परेका छन् । प्रधान्यायाधीशका लागि सिफारिस भएका जोशीविरुद्ध संसदीय सुनुवाई यी उजुरी परेका हुन् । जिल्ला, उच्च र सर्वाेच्चसम्मको कार्य सम्पादनका क्रममा जोशीले कार्यक्षमताको अभाव देखाएको भन्दै यी उजुरी दर्ता भएको जनाइएको छ ।deepak raj joshi

संसदीय सुनुवाई समितिले उजुरीहरु भने गोप्य राखेको छ । असार २५ मा संसदीय सुनुवाई समितिका सदस्यले पूर्णता पाएसँगै जोशीको नाममा सुनुवाई प्रक्रिया शुरु भएको थियो । समितिले उनको नाममा सार्वजनिक सूचना जारी गर्दै उजुरी माग गरेको थियो । उक्त सूचनाका आधारमा यी पाँच उजुरी परेका हुन् । ती उजुरीमाथि छानविन गर्दै सुनुवाई समितिमा जोशीसँग जवाफ लिइने छ । जोशीको जवाफपछि समितिले उनलाई अनुमोदन गर्ने वा अस्वीकार गर्ने निर्णय लिनेछ । सुनुवाई समितिको कार्यविधि अनुसार २ तिहाईले अस्वीकार गरे मात्र उनको सिफारिस बदर हुनेछ ।

परिषद्को सिफारिसमा संसदीय सुनुवाइपछि राष्ट्रपतिबाट प्रधानन्याधिश नियुक्त हुने संवैधानिक व्यवस्था छ । चैत १ गते तत्कालीन प्रधानन्यायाधिश गोपाल पराजुलीले राजीनामा दिएपछि जोशी कायममुकायम प्रधानन्यायाधिश छन् । प्रधानन्याधीश पदका लागि चैत १३ मा न्यायपरिषद्ले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद्मा पठाएको थियो । संवैधानिक परिषद्ले जोशीको नाम मात्र प्रधानन्यायाधीशका लागि सिफारिस गर्दै संसदीय सुनुवाई समितिका पठाएको थियो । संसदीय सुनुवाई समिति निर्माण हुन ढिलाइ हुँदा लामो समयदेखि जोशी कायममुकायम रहँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७