यस्ता छन् दसैँलाई लक्षित गर्दै भित्रिने मोटरसाइकल र स्कुटर


११ भाद्र २०७५, सोमबार
bikes dashain 1

काठमाडौं,भदौ ११ दसैँको समयमा विभिन्न अटो कम्पनीका आधिकारिक बितरकले नयाँ नयाँ उत्पादनका साथै अफरहरु समेत ल्याउने गरेका छन्।

सवारी साधनको व्यापार बढ्ने हुनाले अटो बजारमा दसैँ प्रमुख सिजन पनि मानिन्छ। विगत केही वर्षदेखि नै दसैँको अवसरमा नयाँ नयाँ सवारीसाधन आउने गरेका छन्। यसपालिको दसैँलाई लक्षित गरेर नेपालमा विभिन्न कम्पनीले नयाँ मोटरसाइकल तथा स्कुटर ल्याउने भएका छन्।

दसैँको समयमा विभिन्न अटो कम्पनीका आधिकारिक बितरकले नयाँ नयाँ उत्पादनका साथै अफरहरु समेत ल्याउने गरेका छन्।
विगत केही वर्षदेखि नै दसैँको अवसरमा नयाँ नयाँ सवारीसाधन आउने गरेका छन्। यसपालिको दसैँलाई लक्षित गरेर नेपालमा विभिन्न कम्पनीले नयाँ मोटरसाइकल तथा स्कुटर ल्याउने भएका छन्।

यस्ता छन् दसैँलाई लक्षित गर्दै भित्रिने मोटरसाइकल तथा स्कुटर

होन्डा
होन्डाले दसैँलाई लक्षित गरेर तीनवटा दुई पांग्रे सवारी ल्याउने भएको छ। आधिकारिक विक्रेता स्याकार ट्रेडिङले सिबि हर्नेट २०१८ र गार्जिया स्कुटर सार्वजनिक गरिसकेको छ भने ‘एक्स ब्लेड’ ल्याउन लागेको हो।

एक्स ब्लेड १६२.७१ सिसी इन्जिन क्षमताको मोटरसाइकल हो । ५ गियरको यो मोटरसाइकलले ८ हजार ५ सय आरपिएममा १३.९३ उच्च शक्ति र ६००० आरपिएममा १३.९ एनएम उच्च टर्क उत्सर्जन गर्छ। १२ लिटर इन्धन क्षमता भएको एक्स ब्लेडले ४५ किलोमिटर माइलेज दिने होन्डाको दावी छ।

यसको नेपालमा सुजुकी जिक्सर, पल्सर एनएस १६० सँग प्रतिस्पर्धा हुनेछ। यो सेप्टेम्बर ३ मा सार्वजनिक हुने कम्पनीले जनाएको छ। होन्डाले सिबी हर्नेट २०१८ को फेस लिफ्ट पनि दसैँलाई लक्षित गरी सार्वजनिक गरेको छ।

यो १६२.७ सिसी इन्जिन क्षमताको मोटरसाइकल हो। ५ गियरको मोटरसाइकलले ८ हजार ५ सय आरपिएममा १४.९ विपिएच उच्च शक्ति र ६५०० आरपिएममा १४.५ एनएम उच्च टर्क उत्सर्जन गर्छ।

१२ लिटर इन्धन क्षमता भएका हर्नेटले ५९ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ। नेपालमा यसको पल्सर १५०, यामाहा एफजेड, टिभिएस अपाचे आरटिआरसँग प्रतिस्पर्धा हुनेछ। यसको मूल्य २ लाख ९९ हजार ९ सय कायम गरिएको छ।

त्यस्तै स्याकारले गार्जिया स्कुटर पनि भित्र्याएको छ। यो १२४.९ सिसी इन्जिन क्षमताको स्कुटर हो। यसले ६ हजार ५ सय आरपिएममा ८।६३ पिएस उच्च शक्ति दिन्छ।

५.३ लिटर इन्धन क्षमता भएको गार्जियाले ५४ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ। यसको मूल्य स्टाण्डर्डको २ लाख ९हजार १ सय, अलोएको २ लाख ८ हजार ९ सय र डिलक्सको २ लाख १८ हजार ९ सय निर्धारण गरिएको छ। नेपालमा यसको सुजुकी एसेससँग प्रतिस्पर्धा हुनेछ।

हिरो
हिरोको नेपालको लागि आधिकारिक विक्रेता नेपाल जनरल माकेर्टिङ प्राइभेट लिमिटेडले ‘स्ट्रिम २०० आरु मोटरसाइकल ल्याउन लागेको छ। नेपालमा यसको मूल्य २ लाख ५० हजारको हाराहारीमा पर्ने सम्भावना छ।

२ सय सिसीको सिङ्गल सिलिन्डर एयर कुल्ड भएको यो मोटरसाइकलमा ५ गियर बक्स छ। ८ हजार आरपिएममा १८ दशमलव ३५ पिएसको पावर क्षमता यसमा छ। मोटरसाइकलको सर्वाधिक गति एक घन्टामा १ सय १४ किमी रहेको कम्पनीले जनाएको छ। नेपालमा यसको पल्सर एनएस २०० र अपाची आरटीआर २०० सँग प्रतिपर्धा हुनेछ।

टिभिएस
टिभिएसले दसैँको लागि अपाचे आरटिआर १६० फोरभी सार्वजनिक गरेको छ। १५९.७ सिसी इन्जिन क्षमताको यो मोटरसाइकलमा ५ स्पिड गियर रहेको छ। यसले ८००० आरपिएममा १६।८ पिएस पावर दिन्छ। ११३ किलोमिटर प्रतिघन्टा उच्च गतिको यो मोटरसाइकलले ६० किलोमिटर माइलेज दिने कम्पनीको दावी छ।

जगदम्बा मोटर्सले यसको मूल्य २ लाख ८५ हजार ९ सय निर्धारण गरेको छ। त्यस्तै यो मोटरसाइकल खरिद गर्ने पहिलो ५ सय जनालाई २ लाख ७९ हजार ९ सयमा उपलव्ध गराइने जगदम्बा मोटर्सले जनाएको छ।

यामाहा
यामाहाले दसैँको लागि नाडा अटो शोमा ‘आर १५ भी ३’ सार्वजनिक गर्न लागेको छ। १५५ सिसी इन्जिन क्षमताको यो मोटरसाइकलमा ६ गियर ट्रान्समिसन रहेको छ।

फुल ट्याङ्क इन्धन क्षमता ११ लिटर रहेको यो मोटरसाइकलले माइलेज ३० किलोमिटर दिने कम्पनीले जनाएको छ। यसले १० हजार आरपिएममा १९ बिपिएच उच्च शक्ति र ८५०० आरपिएममा १५ एनएम टर्क उत्सर्जन गर्छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७