प्रचण्डले पाए चितवनमा नयाँ डेरा, छिमेकी काँग्रेस


२४ कार्तिक २०७४, शुक्रबार
Prachanda 1

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन क्षेत्र नं.३ मा नयाँ डेरा पाएका छन् । केही दिन अघि देखि खोजी प्रयासपछि डेरा पाएका हुन् । चितवान ३ मा आफ्नो उम्मेदवारी परेकोले चितवन क्षेत्र नं.२ मा बसेर चुनावी प्रचारप्रसार गर्न समसया परेकोले प्रचण्ड डेरोको खोजी थिए । त्यसै अनुसार प्रचण्डले नयाँ डेरा पाएका हुन् ।

Prachanda 1
फाइल तस्बिर

अध्यक्ष प्रचण्डले पार्टीका नेता कार्यकर्ता र सुभचिन्तकहरु भेटघाटको लागि पनि समस्या परेको हुनाले डेरा खेजिएको स्रोतले बताएको छ । प्रचण्डाको लागि शिननगर लाहुरेचोकमा नयाँ डेरा भेटिएको छ ।
डेरा भटिएपछि प्रचण्ड शुक्रवार देखिनै नयाँ डेरामा सर्ने योजना रहेको स्रोतले बतायो । प्रचण्डले कार्तिक १६ गते उम्मेदवारी दर्ता गरेदेखि नै चितवनमा एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ताले डेरा खोज्नमा जुटेका थिए ।
रोचक कुरो चाहिँ के छ भने अध्यक्ष प्रचण्डको छिमेकी काँग्रेस बन्न पुगेको छ । उनको डेरा नजिकै चितवनका काँग्रेसका नेता कृष्णलाल सापकोटाको घर रहेको छ । सापकोटा पनि त्यहीँ बस्दै आएको छ । सापकोटा भरतपुर महानगरपालिकाको चुनावमा काँग्रेस र माओवादीको चुनावी तालमेलका विरोधी समेत हुन् ।
अब प्रचण्डको छिमेकी विरोधी सापकोटा नै परेको छ । प्रचण्डले पाएको नयाँ डेरा माओवादी नेता नारायण दाहालको रहेको जानकारी पाइएको छ । घर भेटिएपनि भाडा चाहिँ तय भइनसकेको बताए । यस अघि पनि डेरा भेटिएको थियो तर, भाडा महङगो भएको कारण बसेका थिएनन् ।
हुन त प्रचण्डको पुख्यौली घर पनि चितवननै हो । तर, उनको त्यहाँ घर छैन । राजनीतिमा सक्रिय हुन थालेपछि उनको घरमा प्रहरी निगरानी बढ्दै गयोे । पारिवारिक सल्लाहमै प्रचण्ड २०३७ मा बाबुआमासँग छुट्टिए। उनको भागमा २ विघा जग्गा पर्‍यो । पूर्ण रूपमा राजनीतिमा लागिसकेपछि उनले त्यो जग्गा बेचेका थिए । त्यो जग्गा वि.स २०१९ मा प्रचण्डको बुबा मुक्तिराम दाहाल कास्कीबाट चितवन शिवनगर बसाइ झर्दा दुई दुई बिघा गर्दै किस्तामा किनेका थिए ।
प्रचण्डले बाबुआमापछि भीमसेननगरमा सानो घर एकतले घर बनाएका थिए । त्यो पनि पछि बेचे । २ कठठ् जग्गा बहिनीज्वाइबाट किने । त्यो पनि पछि वि.स
२०४६ नेकपा मशालको महामन्त्री बने क्षेत्रपुरमा बाँकी रहेको २ कठ्ठा जग्गा मध्ये १ कठ्ठा जग्गा बेचेर पार्टीलाई बुझाए।
प्रचण्ड वि.स २०४८ नेकपा (एकता केन्द्र) को महामन्त्री बने । त्यसपछि बाँकी रहेको १ कठ्ठा जग्गा पनि बेच्चे सुर गर्दैगर्दा जनयुद्धको तयारीका लागि भूमिगत भए जग्गा बेच्न पाएनन् । अहिले त्यो जग्गा चितवन क्षेत्र नं. २ मा पर्छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७